राजनीति

बुटबलमा उपमहानगरको मेयरमा काँग्रेसले अग्रता कायम गर्यो

बुटवल । दहि चिउरा खाने दिनमा सुरु भएको रुपन्देहीको बुटबल उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता देखिएको छ । काँग्रेसका खेलराज पाण्डेले २०३ मत प्राप्त गरेका छन् भने एमालेका तर्फबाट प्रत्यासी बनेका शिब सुबेदीको १३४ मत छ ।

उपमेयरमा भने एमालेका तर्फबाट उमेर्द्वार बनेका गोमा आचार्यले १५३ मत ल्याएर अग्रता कायम गरेकी छिन् । माआनेबादीका जगत बहादुर पोख्रेलको १२८ मत छ । पोख्रेल माओबादी केन्द्रको तर्फबाट तालमेल गरिएका उमेर्द्वार हुन् ।

काँग्रेसका युवा नेता बालकृष्ण खाँड, नयाशक्तीका संयोजक पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका प्रभाबशाली नेता बिष्णु पौडेल , घनश्याम भुषाल रहेको उक्त बुटबल क्षेत्रलाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिन्छ ।

बुटबलका अन्य वडाहरुमा पनि मतगणनाको नतिजा आउने क्रम जारी छ ।