राजनीति

बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)

बिराटनगर । दोस्रो चरणमा सम्पन्न भएको एकमान महानगरपालिका बिराटनगरमा ८० हजार ४ सय ७७ मत खसेको छ । ७०.७४ प्रतिशत मत खसेको बिरटनगरको मतगणना शुरु हुन केहिबेरमात्र बाँकी रहेको मुख्य निर्बाचन अधिकृत विनोद कुमार पोख्रेलले जानकारी दिए । जम्मा ४५० मत गन्दा काँग्रेसका भीम पराजुलीले २१६ मत प्राप्त गरेका छने भने एमालेका विनोद ढकालले १५२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काँग्रेसकी इन्दीरा कार्कीले १७१ मतसहित अग्रता कायम गरेकी छिन् । लोकतान्त्रीक फोरमका उमेर्द्वारले उपमेयरमा ३६ मत सहित पछ्याईरहेका छन् । माओबादी केन्द्र ३० मतसहित तेस्रो स्थानमा छ ।

 

 बिराटनगरबाट काँग्रेसका युवा नेता भीम पराजुली  र एमालेका बिनोद ढकाल मेयरमा प्रतिश्पर्धी छन् । माओबादी केन्द्र, मधेशी जनअधिकार फोरम लोकतान्त्रीक, संघीय समाजबादी, साझा पार्टी, विवेकशील नेपाली पार्टी लगायतको मेयर तथा उपमेयरमा उमेर्द्वारी परेको छ ।

दोस्रो चरणको निर्बाचनको प्रमुख चासोको केन्द्र रहेको बिराटनगरमा काँग्रेसको जित हुने आंकलन गरिएको अनुसार प्रारम्भिक मतगणनामा भीम पराजुलीको अग्रता देखिएको छ ।  । एमाले मोरगंका अध्यक्ष रहेका विनोद ढकाल पनि बिराटनगरमा लोकप्रीय नै मानिन्छन् ।