समाचार

मेलम्चीको पाइपमा बागमतीको पानी !

काठमाण्डौ । राजधानीमा विछ्याइएका मेलम्ची खानेपानी आयोजनाका पाइपहरुको चेकजाँचका लागि वाग्मतीको पानी प्रयोग गरिने भएको छ ।

पाइप लाइनमा चुहावट छ कि छैन भनेर परीक्षणका लागि बर्षातको समयमा वाग्मतीमा बढ्ने पानीलाई प्रशोधन गरी प्रयोग गर्ने तयारी गरिएको हो ।

मेलम्चीको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणमा पनि यही पानी प्रयोग गरिने छ ।