राजनीति

विप्लव माओवादीले दियो कडा चेतावनी

हेटौडा । पक्राउ गरिएका आफ्ना ३ नेतालाई तत्काल रिहा नगरे नेकपा माओवादीले २ दिन मकवानपुर बन्दको चेतावनी दिएको छ ।

बुधबारको लागि घोषित स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने आशंकामा नेकपा विप्लवका मकवानपुर जिल्ला इन्चार्ज जवाल, सचिवालय सदस्यद्धय मजदुर नेता सोम घलाना र दीलीप स्यांतान मंगलबार पक्राउ परेका थिए ।

बिहीबारको नागरिकमा लेखिएको छ, उनीहरुलाई रिहा नगरे असार १६ र १७ गते मकवानपुर बन्द गरिने पार्टीले चेतावनी दिएको छ ।