पु.समाचार

जब प्रहरी हवल्दारले मतदान केन्द्रमा फयाँकिएको बम बीचमै समाते….!

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत बिद्यालय प्रतापकोट मतदान केन्द्रमा फ्याँकिएको बम तत्काल खोल्सातिर फालेर बिस्फोटबाट बचाउने प्रहरी हवल्दार दुर्गा बहादुर रानाको सर्वत्र प्रशंसा भएको छ ।

दुई अज्ञात व्यक्तीले मतदान स्थलनजिक बम फ्याँकेर भागेलगत्तै रानाले उक्त बमलाई खोल्सातिर फ्याँकेर मतदान स्थललाई बिस्फोटबाट बचाएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए ।

रानाले साहसिक काम गरेको र उक्त कामको सर्वत्र प्रशंसा भैरहेको सिंहले बताए । पहाडी ईलाका भएकाले बिहान हुस्सु लागेको र बम फाल्ने व्यक्तीहरुलाई पक्राउ गर्न कठिन भएको उनले बताए ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, यसैगरी, घोराही उपमहानगरपालिका–१८ गिठेपानीस्थित सडकमा दिउँसो शंकास्पद पदार्थ फेला परेको थियो । झोलाभित्र राखेर छोडिएको उक्त बिस्फोटक पदार्थलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।