राजनीति

 ७०.५ प्रतिशत मत सहित दोस्रो चरणको निर्बाचन भयो सम्पन्न, आयोग यसो भन्छ

काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको निर्बाचन शान्तिपूर्वक सम्पन्न भएको निर्बाचन आयोगले बताएको छ । अहिलेसम्मको रेकर्डअनुसार ७०.५ प्रतिशत मत खसेको र उक्त प्रतिशत बढ्न सक्ने अनुमान आयोगले बताएको छ । मतदान गर्न उत्साहजनक रुपमा उपस्थिति भएका सम्पूर्ण नेपाली जनता एबम् निर्बाचनलाई शान्तिपूर्ण बनाउन रातदिन खटिएका सुरक्षाकर्मी, कर्मचारीहरुलाई धन्यबाद समेत दिएको छ । आयोगले पत्रकार सम्मेलन गर्दै बुधबार निर्बाचनको बारेमा जानकारी दिएको हो ।

आयोगले प्रकाशन गरेको सिवज्ञप्तीमा भनेको छ, “स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज असार १४ गते बुधबार प्रदेश नं. १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कूल ८३६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मा.वि. मतदान केन्द्र क, ख बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण एवं अत्यन्त उत्साहजनक र मतदाताको व्यापक उल्लासपूर्ण सहभागितामा सम्पन्न भएको छ । सो मतदान केन्द्रमा बृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा बिबाद भएपछि मतदान स्थगित भएको हो । आज विहान वर्षाका कारण केही मतदान केन्द्रमा मतदान कार्य ढिलो शुरु भएपनि सबै मतदान केन्द्रहरुमा मतदाताको व्यापक उत्सापूर्ण सहभागितामा मतदान भएको छ । स्थानीयस्तरमा त्रिपाल लगायतका सामग्रीहरुको व्यवस्था गरी मतदान केन्द्रलाई वर्षाबाट सुरक्षित र व्यवस्थित गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, स्थानीय नागरिक समाज तथा अन्य सरोकारवालाबाट प्राप्त सहयोगप्रति आयोग धन्यवाद व्यक्त गर्दछ । मतदाता महानुभावहरूले लोकतान्त्रिक अभ्यासमा जनाउनुभएको व्यापक सहभागिताप्रति आभार प्रकट गर्दै आयोग आम मतदाता महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछ ।  बुधबार मतदान सम्पन्न भएका ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कम्तीमा ७०.५ प्रतिशत मतदान भएको छ । यो आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ । आज निर्वाचन भएका ३५ जिल्लामध्ये सवैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सवैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ । मतदानका लागि आज विहान ७ बज्नुभन्दा अगाडिदेखि नै मतदान केन्द्रहरूको अगाडि मतदाताहरु पङ्क्तिबद्ध भई उत्सुकतापूर्ण सहभागिता जनाउनुभएको आयाृगले बताएको छ । निर्वाचन विरोधीले केही ठाउँमा राखेका बमलाई निष्कृय बनाउन र मतदान कार्यमा बाधा पु¥याउने व्यक्तिहरुलाई नियन्त्रणमा लिई निर्वाचन कार्यलाई सफल बनाउनमा सुरक्षाकर्मीहरुले समयमा नै देखाएको तदारुकताको कारणले मतदातामा देखिएको भयरहित उत्साहले मतदान कार्यमा अधिकाधिक सहभागिता बढाएकोमा आयोग सुरक्षाकर्मी एवं अन्य सरोकारवालामा धन्यवाद ज्ञापन गर्दछ ।  मतदान कार्य सम्पन्न भएलगत्तै सबैै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लैजाने काम भइरहेको छ । मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिकाहरू सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोकी मतगणना कार्य आजैबाट अगाडि बढाउनु हुनेछ ।  आयोगले वर्षात्लाई समेत ध्यानमा राखी निर्वाचन व्यवस्थापनको तयारी गरेकाले मतदान केन्द्रहरुमा सहज ढंगले मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्यलाई सफल बनाउन कठिन परिश्रमका साथ अहोरात्र खटिनुभएका निर्वाचन आयोगका कर्मचारीहरु, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायतलाई आयोग धन्यवाद ज्ञापन गर्दछ । 
उम्मेद्वारहरुका प्रतिनिधिहरुको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्कलित भइसकेको छ । निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न र मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल र उम्मेदवारहरुसँग निर्वाचन आयोग हार्दिक अपील गर्दछ । साथै मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न तथा लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिवद्धतालाई पुनः अभिव्यक्त गर्न आयोग सबै सरोकारवालासँग आग्रह समेत गर्दछ ।  मतदान कार्यलाई सफल बनाउने कार्यमा सहयोग पु¥याउने नेपाल सरकार, मित्र राष्ट्र, दातृ निकाय, विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग एवं सद्भावप्रति आयोग पुनः धन्यवाद दिन चाहन्छ । 
आज सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतदान कार्यलाई यसअघिको पहिलो चरणको निर्वाचनमा जस्तै सफल बनाउन आम सञ्चार जगत्ले खेलेको भूमिकाप्रति आयोग आभार प्रकट गर्दै आम सञ्चार जगत्लाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छ । मतदानको समाचार सम्प्रेषणमा सञ्चारकर्मी मित्रहरुले देखाउनु भएको जाँगर, उत्साह र लगनशीलताको आयोगले उच्च कदर गरेको छ । विभिन्न ठाउँबाट प्रत्यक्ष प्रशारणमार्फत मतदातालाई सुसूचित पार्ने कार्यमा सञ्चारकर्मीहरुले पु¥याउनु भएको योगदानको समेत आयोग उच्च सम्मान गर्दछ । “