राजनीति

डा. कोईरालाको साईकलमा मतदानस्थल निरिक्षणको सामाजीक संंजालमा प्रशंसाको आईरो

बिराटनगर । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा.शेखर कोईरालाले बिराटनगरको आदर्श विद्यालयमा मतदान गरेका छन् । डा. कोईराला बुधबार शुभमा नै साईकल चढेर मतदान गर्न आएका थिए ।

भर्खरैमात्र प्राप्त समाचार अनुसार नेता कोईराला साईकल चढेर नै उनी निर्बाचित भएको बिराटनगरको क्षत्रमा साईकल चढेर नै मतदानस्थलको अबलोकनमा निस्केका छन् । नेपाली जनतामा लोकप्रीयता हाँशिल गरिरहेको कोइरालाले भीम पराजुलीलाई मत माग्दा बिराटनगर कोईरालाहरुको भन्दा पनि काँग्रेसको बिराशत भएको बताएका थिए ।

डा.कोइरालाको उक्त साईकल यात्राको सामाजीक संजालहरुमा समर्थन जनाउनेहरुको भीड लागेको छ । साधारण जिबनलाई मन पराउने डा.कोईराला एमालेलाई खरो प्रहार गर्ने नेताका रुपमा लिईन्छन् ।

देश भ्रष्टाचारको चरमचुलीमा गएका बेला केन्द्रमा राम्रो पहुंच भएका नेता त्यसमाथी कोईरालापरिवारका प्रभाबशाली सदस्यले यसप्रकारको जनताकालागी प्रशंसनीय काम गर्नु सह्रानीय छ ।  डा. कोईरालालाई काठमाण्डौ फर्केपछि पनि भ्याएसम्म साईकलमा यात्रा गरेर उदाहरण प्रश्तुत गर्न सर्बसाधारणको माग पनि छ ।