पु.समाचार

मतदान गरेलगत्तै प्रधानमन्त्री देउवाले दिए यस्तो प्रतिक्रिया

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय चुनावमा मतदान गरेलगत्तै अब जनताको अधिकार आफ्नै घरदैलोमा आएको प्रतिक्रिया दिएका छन् । बुधबार बिहान गृहजिल्ला डडेल्धुराबाट मतदान गरेलगत्तै प्रधानमन्त्री देउवाले सो प्रतिक्रिया दिएका हुन् ।

मतदान प्रक्रियाबाट बाहिरिएलगत्तै प्रधानमन्त्री देउवाले अब जनताले सिंहदरबार धाउनुपर्ने दिनको अन्त भएको प्रतिक्रिया दिए । उनले भने, अब जनताको घरदैलोमा अधिकार आउनेछ ।

प्रधानमन्त्री देउवाले आफ्नो जन्म घर नजिकै रहेको असिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान प्रक्रियामा भाग लिएका थिए । प्रधानमन्त्री देउवा बुधबारनै काठमाण्डौ फर्किदैछन् ।