विचार/ब्लग

सीमा सुबेदीलाई इलामका ज्ञानेन्द्र गदालले अमेरिकाबाट लेखे यस्तो मार्मिक चिठी !

गूगलमा सबैभन्दा बढी खोजिएकी दाजेलिंगकि एक युवती सीमा सुबेदीको पछिल्लो समयमा सामाजीक सञ्जालमा बिरोधका स्वरहरु सुन्न पाईन्छ । कहिले तरकारी वाली, त कहिले चा वालालाई हाईलाईट गर्ने सामाजीक सञ्जालले केहि समय अगाडी जेब्रा क्रसिगंमा ट्राफिक प्हरीले जथाभावी पार गर्दा दुई सय जरिवाना गर्ने नियम बिरुद्ध उत्रियो, अन्तिममा सामाजीक सञ्जालको बलमा गृहमन्त्री जनार्दन शर्माले उक्त ट्राफिक प्रहरीको जरिवाना गर्ने नयाँ नियम खारेज गराए ।
पछिल्लो समयमा इलामका एक युवा ज्ञानेन्द्र गदाल जो बर्तमान अवस्थामा अमेरिकामा बसोबास गर्छन्, उनले सीमा सुबेदीले नेपालीहरुप्रति बोलेको नकारात्मक र पछि मागिएको माफिका बिषयमा एउट चिठी लेखेका छन् । फेसबुकमा पोष्ट गरिएको उक्त चिठीमा लाईक र कमेन्टहरुको ओईरो लागेको देख्न सकिन्छ ।  गदालको चिठी सीमाकोमा पुग्छ त भन्ने प्रश्नहरुपनि कमेन्टमा आएका छन् हामीले सुर्यखबर मार्फत उक्त चिठी नपुगेको भए पुर्याउने प्रयास गरेका छौं ।

-ज्ञानेन्द्र गदाल

 

सीमालाई चिट्ठीः
प्रिय सीमा बैनी,
दु:ख लागिरहेछ तपाईंमाथि सामाजिक संजालहरुमा विभिन्न खाले ज्यादै नराम्रा टिका-टिप्पणीहरु देख्ता, सुन्दा र पड्दा । एउटी नेपाली मुलकी चेली जसले अन्य मुलुकमा जन्मेर, हुर्केर मेहेनत र प्रतिभाले आफ्नो नाम स्थापित गरेकोमा तपाईंप्रति व्यक्तिगत रुपमा मलाई पनि बढा गर्व थियो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालको साखसंग जोडिएको तपाईंको प्रगतिमा विश्वभर छरिएर रहेका जोकोहि नेपालीले पनि कहीं न कहीं अपनत्व महशुस गरेका थिए तर एक्कासी त्यो अपनत्व तपाईं आफैले खोसेर च्यात्नुभयो आज । ‘गोर्खाली चेली’ भनेर गर्व गर्ने नेपालीको भावनात्मक सम्मानलाई क्षतबिक्षत पार्यो केवल तपाईंको एउटै अभिव्यक्तिको विषालु वाणले ।
सीमा,
तथाकथित कसैले भारतीयहरुलाई । धोति भनेको सहन नसकेर(?) तपाईंले भारतप्रति राष्ट्रभक्तिको दुहाइ दिंदै नेपालीको बेइज्जत गर्न प्रहार गरेका तपाईंका अभिव्यक्ति कसैद्वारा निर्देशित हुन् भन्नेमा मेरो प्रवल आशंका छ, मेरो आशंका सहि हो भने यसले तपाईंको जिन्दगीमा एउटा नमेटिने कलंक लगायो । अथवा स्वविवेकले नै निस्केका हुन् ति शव्दवाणहरु तपाईंका मुखबाट भने तपाईंलाई नराम्रो दशा लागेको हुनुपर्छस जसका कारण विश्वभरिका सारा नेपालीको नजर, मन र भावनाबाट तिरस्कार र गालि बाहेक सम्भवत केहि मिल्नेछैन तपाईंलाई । तसर्थ यसबाट उम्किन एउटै उपाय हुनसक्छस इमान्दारिता साथ माफी माग्नुहोस, अनि मन हल्का पार्नोस् । विद्वानले गल्ति स्विकारलाई मानेको हुन्छ, सबैसंग झुक्न जानेको हुन्छ ।
बैनी,
जिन्दगीमा इज्जत र नाम कमाउन गाह्रो छ त्योभन्दा पनि कमाएको नाम जोगाउन झन् गाह्रो छ । आफ्नो खुवी, परिश्रम र भाग्यले तपाईं संसारले चिन्ने एक उचाइमा पुग्नलाई संघर्षरत मान्छे, लक्षित त्यो उचाइमा पुग्न, हालसम्म प्राप्त साख र गरिमालाई जोगाउनको लागि शालीनता, भद्रता, संयमता र इमान्दारिता जरुरि हुन्छ  सुसंस्कार र अशल आचरण व्यवहारमा देखिनु राम्रो हो, सिद्धान्त र बोलीमा मात्र होइन । राष्ट्रको निम्ति केहि राम्रो काम गर्नुहोस, त्यसमा राष्ट्रभक्ति देखिन्छ, राष्ट्र बिरोधि जमात खडा गरेर आफु राष्ट्रप्रेमी भैंदैन जुन तपाईं गरिरहनुभएको छ ।
अन्तमा म यत्ति भन्छु,
तपाईं भारतीय भए पनि, नेपाली मुलकी भारतीय नागरिक भए पनि एउटी हिन्दु चेली भएका नाताले जसका बिरुद्ध असंख्य गालि र तिरस्कारका शव्दहरु आज संसारभर दुषित बनेर फैलिरहेको अवस्थाप्रतिको चिन्ता हो मेरो, यसलाई साम्य पार्ने साहस र क्षमता अब तपाईंले नै जुटाउनु पर्छ । अझै वास्तविकता र सत्यलाई छोपेर परिस्थितिलाई चर्काउने काम नगर्नु होस् । मेरै पूर्व वाक्यांश पुनः दोहोर्याएँ। विद्वानले गल्ति स्वीकरलाई मानेको हुन्छ, सबैसंग झुक्न जानेको हुन्छु आफ्नो विद्वता प्रश्तुत गर्नुहोस् । धन्यवाद ।
तपाईंको शुभेच्छुक,
ज्ञानेन्द्र