राजनीति

एउट केन्द्रबाट मतदान गर्दै तीन मेयर !

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना उम्मेदवारका मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

सन्धिखर्क नगरपालिकका कांग्रेस, एमाले र नयाँ शक्ति नेपालका तीन पार्टीका उम्मेदवारले वडा नम्बर २ को अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गर्नेभएका हुन् ।

बुधबारको अन्नपूर्णमा लेखिएको छ, कांग्रेसका कमलप्रसाद भुषाल, एमालेका कृष्ण प्रसाद श्रेष्ठ र नयाँ शक्तिका यमुना भुषालले एकै स्थानबाट मतदात गर्ने छन् ।