राजनीति

दोस्रो चरणको निर्बाचन आज हिान ७ बजेदेखी ५ बजेसम्म, परिचयपत्रबिना पनि मतदान गर्न सकिने

काठमाण्डौ । सरकारले घोषणा गरेको दोस्रो चरणको स्थानीय तहको निर्बाचन आज बिहान ७.०० बजेबाट बेलुकी ५.०० बजेसम्म हुदैछ । प्रदेश नम्बर १, ५ र ७ मा सम्पन्न हुन गईरहेको उक्त निर्बाचनमा भाग लिई मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्बाचन आयुक्त डा. अयोधी प्रसाद यादब लगायतले देसबासीहरुलाई आग्रह गरेका छन् । यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

आज हुने निर्बाचनका लागी आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।

निर्बाचनका लागी सरकारले सुरक्षा ब्यवस्था कडा गरेको हुंदा भयरहित रुपमा सम्पन्न हुने अनुमान पहिलो चरणमा सम्पन्न भएको निर्बाचनको नतिजाले देखाउन सक्छ । निर्बाचन आयोगले मतदान परिचय पत्र नलिएका नागरिकहरुका लागी मतदाता नामावलीमा नाम समाबेस भएमा अन्य परिचयपत्र जस्तै नागरीकला, लाईसेन्सले पनि मतदान गर्न सकिने बताएको छ । यसबाट मतपत्र लिन नपाएका नागरिकलाई केहि सहज हुन सक्छ ।