पु.समाचार

२०३८ सालदेखि चुनाव बहिष्कार गर्दै आएको यो गाउँ बुधबार पहिलोपटक मतदान गर्दैछ

रोल्पा । सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । बुधबारको नागरिकमा लेखिएको छ, इतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो ।

बुधबार हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।