राजनीति

सचिव र आयोगबिच पर्यो वार-आयोगले मैनालीलाई कारबाही गर्न गर्यो सरकारसंग आग्रह (विज्ञप्ती सहित)

काठमाण्डौ । निर्बाचन आयोगका सचिव गोपीनाथ मैनालीले सरुवाका विषयमा लगाएको आरोपको आयोगले खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै पहिलो चरणको निर्बाचनमा समेत मैनालीले आयोगको निर्णयलाई असहयोग गरेको बताएको छ ।

आयोगले मैनालीले ८ गते सरुवा हुनुभन्दा अगाडी निर्बाचन आयोगलाई अनावश्यक दबाब दिएकोमा दुःख ब्यक्त गर्दै उनलाई सरकरारले आवस्यक्ता अनुसार अनुशासनमा ल्याउन अनुरोध समेत गरेको छ । आयोगका सचिव गोपीनाथ मैनाली कर्मचारीबृतमा अलोकप्रीय र डिक्टेटर स्वभाबका भएको नाम नभन्ने शर्तमा निर्बाचन आयोगका एक उपसचिवले सुर्यखबरलाई बताए ।  सचिव मैनालीको प्रमुखप्रतिपक्षी दलका नेतासंग निकट सम्बन्ध भएका कारण उनले पूर्व प्रधानमन्त्री ओलीको सल्लाहमा आयोगले गरेको निश्पक्ष निर्णयलाई समेत उल्ट्याउने गरेको बताईन्छ ।

मैनालीले आयोगका पदाधिकारीहरुले महंगो गाडी खरीद गर्न नमानेका कारण सरुवा हुनुपरेको बताएपछि उक्त कुरालाई उक्त दिदै आयोगले विज्ञप्ती निकाल्दै आफ्नो धारणा राखेको हो ।
आयोगको विज्ञप्ती जस्ताको तस्तै :-