समाचार

माओबादी नेता फुदुगंलाई बनाए ईटहरीमा यसरी धुलो, विप्लबको घुसपेठ भएको आशंका

इटहरी । माओबादीका पूर्व साँसद कुमार फुदुगंमाथी कुटपीट भएको छ । इटहरीस्थीत आफ्नै आलीशान महलमा केहि ब्यक्तीहरु प्रवेश गरेर फुदुगंमाथी आक्रमण भएको समाचार प्राप्त भएको छ ।

फुदुगं माओबादीका पूर्व सांसदमात्र नभएर पूर्व जर्नेल समेत हुन् । बगैंचा र ठूलो कम्पाउण्ड भएको महलमा सिसोर्ट समेत संचालनमा आएको उक्त घरका मालिक फुदुगंलाई आक्रमणकारीबाट टाउकोमा गहिरो चोट लागेको छ । प्रहरीले उपचारका लागी लगेको छ ।

उक्त रिसोर्टमा काम गर्ने सूजिता ठकुरीको घर अगाडी नै रहस्यमय मृत्यु भएपछि वूर्व जर्नेल फुदुगंले गैर जिम्मेवार अभिब्यक्त दिएको भन्द्र प्रहरीले नसमातेकोमा सर्बसाधारणहरु आक्रोसित थिए । आक्रोसित सर्बसाधारणहरुको एक झुण्डले फुदुगंलाई मरणासन्न हुनेगरी आक्रमण गरेको छ ।
बुधबार सर्बसाधारणले निर्बाचनमा मतदान गर्ने अघिल्लो दिन माओबादीका कार्यकर्ता समेत रहेका फुदुगंले मरणासन्न हुनु राजनीतिक रुपमा समेत अर्थपूर्ण रुपमा हेरिएको छ । नेत्र बिक्रम चन्द निकट माओबादी कार्यकर्ताले फुदुगंलाई आक्रमण गरेको हुन सक्ने आंकलन समेत लगाउन सकिन्छ । चन्द माओबादीले दोस्रो चरणको निर्बाचनको अघिल्लो दिन बिभिन्न स्थानहरुमा बमहरु राख्ने गरेको छ ।

कतिपय स्थानमा सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ भने मंगलबार बिप्लप माओबादीका कार्यकर्ता आफैंले बोकेको बम पड्केर मृत्यु समेत भएको अवस्था छ । निर्बाचन भने कुनै हालतमा सम्पन्न गर्ने दीशामा देउवा सरकार लागेको देखिन्छ ।