पु.समाचार

मधेसवादी दलका नेताहरुको यस्तो दाउ !

काठमाण्डौ । निर्वाचनको मौन अवधिमा मधेस केन्द्रित नेताहरु आ-आफ्नै दाउमा लागेका छन् ।  मौन अवधिमा केही नेताहरुले जिल्ला जिल्लामा संगठन बनाउँदै हिडेको पाइएको छ ।

विजय कुमार गच्छेदार सोमबार विराटनगरमा असन्तुष्ट नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त रहे । आइतबार राजपाका शीर्ष नेता २ नम्बर प्रदेशको जिल्ला सप्तरी राजविराजमा पार्टी प्रवे कार्यक्रममा सहभागी भएका थिए । सोमबार भने मौन नै रहे ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, राजपाले राजविराजदेखि पर्सासम्म यस अवधिमा संगठन निर्माण कार्य गरेको छ ।