पु.समाचार

पाँच नम्बर प्रदेशका यी स्थानमा जतिबेला जे पनि हुनसक्छ, प्रहरीले बाहिर ल्यायो यस्तो रिपोर्ट

काठमाण्डौ । पश्चिम क्षेत्रअन्तर्गत ५ नम्बर प्रदेशमा परेका लुम्बिनी अञ्चलका ६ जिल्लाका ३ सय ४६ मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको छ ।

तराइका नवलपरासी, रुपन्देही, कपिलवस्तु र पहाडी पाल्पा, गुल्मी र अर्घाखाँचीमा ८ सय ७७ मतदान केन्द्रमा ९ सय १० मतदानस्थल रहेकोमा अति संवेदनशील पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको भन्दै सोमबारको कान्तिपुरमा समाचार लेखिएको छ ।