अन्तर्राष्ट्रिय

इजिप्टले दिने भो साउदी अरबलाई दुईवटा टापु

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल-सिसीले रेड सीमा रहेका र मानव बसोबास नभएका दुईवटा टापुको सार्वभौमसत्ता साउदी अरेबियालाई सुम्पने एउटा सन्धि अनुमोदन गरेका छन् ।

त्यहाँका सरकारी वकिल रफिक शरिफले उक्त आदेश अब कानून बनेको र ती टापु साउदी अरेबियाको भूमिमा परिणत भएको बताएका छन् ।

तर एउटा संवैधानिक अदालतले सो विषयमाथि संसद् वा न्यायापालिका कुन निकायको निर्णय अन्तिम हुनेछ भनेर निर्क्यौल गर्न बाँकी छ।

एक वर्षयताको कानूनी लडाइँका क्रममा उक्त सन्धिको खारेजी र अनुमोदन दुवै पक्षमा अदालतले आदेश सुनाएको छ।