आर्थिक

सीटीईभीटीले लियो चर्को शुल्क

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीईभीटी० ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग फारमको एक हजार पाँच सय रुपैयाँ उठाइरहेको छ । प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आकर्षित गर्नुपर्नेमा सीटीईभीटीले गत बर्षभन्दा ५ सय रुपैयाँ बढाएर फारम विक्रि गरिरहेको छ ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, साधारणतर्फको ११ कक्षामा भर्ना एक सय २५ रुपैयाँ लिइरहेको छ भने, प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले थप १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्छ ।