समाचार

अझ भेटिएनन् वेपत्ता प्रहरी

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा आएको पहिरामा पुरिएर हराइरहेको दुई प्रहरी अझै बेपत्ता छन् । प्रहरीका अनुसार बिहीबार मध्यरातपछि सो सडक खण्डको कालीखोलामा पहिरो जाँदा चार जना प्रहरी रहेको गाडी पुरिएको थियो । दुईको शव शुक्रबार बिहान फेला परेको थियो ।

आइतबारको नागरिकमा लेखिएको छ, दुई प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ । भ्यानमा एउटा हतकडी र दुइ वटा सञ्चार सेट पनि थिए ।