पु.समाचार

यसकारण एक्कासि डरायो कांग्रेस !

काठमाण्डौ । पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने हो कि भन्ने डरले गाँजेको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजयी हासिल गरेको थियो ।

दोस्रो चरणमा हुने ३५ जिल्लाको ३ सय ३४ तहमा हुने निर्वाचनबाट पहिलो पार्टी हुने दावी गरिरहेको कांग्रेसले अन्तर्घात हुने डरका कारण निगरानी बढाएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, अन्तर्घात हुने अनुमान गर्दै पार्टीले प्रस्तुत गरेको आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भई चुनाव लडेमा र बागी उम्मेदवारको प्रस्तावक समर्थक फिर्ता भएमा पार्टी सदस्यता नरहने व्यवस्था गरेको छ ।