पु.समाचार

प्रधानमन्त्रीको भारत भ्रमणको यस्तो तयारी

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादु देउवाको भारत भ्रमण्को तयारी स्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् ।  प्रधानमन्त्रीको भ्रमण तय गर्न दोस्रो चरणको निर्वाचन लगत्तै उनी सानो टिम लिएर भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, स्रोतका अनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ । तर यो तिथि औपचारिक रुपमा निश्चित हुन बाँकी छ ।