अन्तर्राष्ट्रिय

ब्रिटेनकी प्रधानमन्त्री टरिजाले ल्याइन नयाँ योजना

एजेन्सी । ब्रिटेनले इयु छोडेपछि आफ्नो देशमा रहेका लाखौं इयु नागरिकको अधिकार सुरक्षित गर्ने नयाँ योजना प्रस्तुत गरेको छ । प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ (इयु) का नेताहरु समक्ष सो योजना प्रस्तुत गरेकी हुन् ।

ब्रिटेनमा पाँच वर्ष बसोबास गरेका इयु नागरिकलाई नयाँ आप्रवासी हैसियत प्रदान गर्ने आफ्नो योजना रहेको जानकारी मेले ब्रसल्समा युरोपेली नेताहरुलाई दिएकी छन् ।

उनका अनुसार सेटल्ड इयुू भनिने आप्रवासी हैसियत दिइएपछि इयुका नागरिकले ब्रेक्जिटपछि पनि ब्रिटेनमा शिक्षा, स्वास्थ्य र अन्य सुविधा प्राप्त गर्न सक्ने छन् ।

मेले ब्रिटेनमा बसोबास गर्ने कोही पनि इयु नागरिकले अहिले ब्रिटेन छोड्नु पर्ने अवस्था नरहेको बताएकी छन् ।