पु.समाचार

गोर्खाल्याण्ड मागको आन्दोलनलाई मुख्यमन्त्रीको समर्थन

काठमाडौं । अलग प्रान्तको माग राख्दै दार्जीलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन जनाएको छ ।

सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको ुइन्डियन एक्सप्रेस दैनिकुले उल्लेख गरेको छ ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, नेपालीभाषी बहुल सिक्किमको यो समर्थनले दार्जीलिङको मुद्दालाई कति प्रबल बनाउँछ, त्यसबारे भने तत्काल अनुमान गर्न कठिन छ ।