समाचार

ललितपुरमा ग्याङफाइट खेल्ने युवतीहरु कहाँका हुन् ? यस्तो छ उनीहरुको परिचय !

ललितपुर । ललितपुरको सातदोबाटोमा मंगलबार दुई युवती समुहबीच झडप भएको छ । झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् ।  प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो ।

उनीहरुको ग्याङ पनि बढी काभ्रे र ओखलढुंगाकै रहेको बताइएको छ ।

बिहीबारको नागरिकमा लेखिएको छ, महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७ बार्षिया कोपिला गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भईरहेको बताए ।