पु.समाचार

यसरी शिथिल हुँदै गयो राजपा आन्दोलन

काठमाण्डौ । निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ । प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो ।
तर राजपाका प्रवक्ता कृष्णा सिंहले आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताएका छन् । उनले भने, हामी जोडतोडका साथ तयारी गर्दै छौं हाम्रो आन्दोलन तुहिएको छैन ।