राजनीति

भ्रष्टाचारी पूर्वआईजीपीलाई जेल हाल्ने पुण्य काम गरेकोमा शुशीला कार्कीलाई जनताका तर्फबाट बधाई !

काठमाण्डौ । सुडान घोटालामा मुछिएका पूर्व प्रहरीका हाकिमहरु जेल चलान भएका छन् । सर्बोच्च अदालतकी प्रधानन्यायधीश शुशीला कार्कीको इजलासले भ्रष्टाचारी ठहराएपछि उनीहरु फरार रहेपनि बुधबार सर्बोच्च अदालतमा आत्मासमर्पण गरेपछि डिल्लीबजार जेल चलान भएका छन् ।

डिल्लीबजार कारागार चलान हुनेहरुमा पूर्व आईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङदेन र पूर्व डीआईजी दिपक श्रेष्ठ छन् ।

शुशीला कार्की सर्बोच्च अदालतबाट रिटायर्ड भएपनि उनले सह्रानीय कार्य गरेको भन्दै जनतामा हाईहाई भएको थियो । शुशीला कार्कीले अराबौंको अफरलाई समेत लत्याउदै मुलुकका लागी पाप गर्नेलाई जेल हाल्ने बोल्ड निर्णय गर्नु उनी नेपाली जनताका तर्फबाट बधाईका पात्र नभई सक्दिनन् ।

अर्का पूर्व आईजीपी रमेश चनद्र ठकुरी भने अझै फरार छन् । सर्बोच्च अदालतले ओमविक्रम राणालाई सबैभन्दा बढी दुई बर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ बर्ष कैद र ४० हजार जरिवाना, अर्का पूर्व आईजीपी रमेशचन्द्र ठकुरीलाई १ बषर्् कैद र ४० हजार जरिवाना तोकेको थियो ।

एआईजी दिपक सिंह थाङदेनलाई पनि १ बर्ष कैद र ४० हजार जरिवाना र अर्का डीआईजीपी दिपक श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको थिायो ।