पु.समाचार

देशकै मूख्य प्रशाशनिक केन्द्र सिंहदरबारको यस्तो हालत

काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ ।

भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको छ ।

एक सय वर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि यसलाई रिट्रोफिटिङ ९प्रवलीकरण० गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्राधिकरणले रिट्रोफिटिङ गर्ने निर्णय गरेको थियो । कारोबार दैनिकका अनुसार, भूकम्पअघि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयहरु रहेको सो पुरातात्विक भवन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको थियो ।