पु.समाचार

काँग्रेसको चुनावी आमसभामा विकास निर्माणमा जोड

सङ्खुवासभा । धर्मदेवीनगरपालिकास्थित तामाफोकको मुढेबजारमा आज आयोजित नेपाली काँग्रेसको चुनावी आमसभामा सांसद दीपक खड्काले सिंहदरबारको अधिकार जनताको गाउँटोल दूरदराजसम्म ल्याउने पहिलो कार्य काँग्रेसले गर्ने उद्घोष गर्नुहुँदै स्थायी शान्ति र संविधान कार्यान्वयनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

सो कार्यक्रममा धर्मदेवी नगरपालिकाका काँग्रेसका उम्मेदवार रमेश जिमीले जनताका विकास निर्माणका पक्षमा आफू अहोरात्र लाग्ने बताए।

सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार शोभा घिमिरेले महिलाको हकहित र धर्मदेवी नगरपालिकालाई सुशासन र भ्रष्टाचारमुक्त नगर स्थापित गर्न आफ्नो पहिलो प्राथमिकता हुने धारणा राखे ।

कार्यक्रममा पार्टीका नेताहरु थलकुमार लिङ्खा, दीपक लिम्बू, पूर्वसभासद् विना पौडेल, नेपाली काँग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, महासमिति सदस्य ज्ञानबहादुर कार्कीले विकास निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । रासस