विचार/ब्लग

आयो खोटागंबाट ओलीसंग आक्रोशीत हुंदै सामाजिक अभियान्ता कार्कीको बौद्धिक झटारो

काठमाण्डौ । बाग्मती सरसफाई अभियानका अभियान्ता समेत रहेका ब्यावशायी हेमराज कार्कीले एमालेका माथील्लो स्तरका नेताहरुको चाकडीबाट खोटागंको हलेसी नगरपालिकामा स्थानीय तहकोनिर्बाचनमा उमेर्द्वारी दिएका राजनकुमार कार्कीको बिषयमा एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै चिठी लेखेका छन् । उक्त चिठी फेसबुकमा हेमराजले लेखेपछि उमेर्द्वार कार्कीले सामाजीक संजालमा देखिएको उनको सकृयता बन्द गर्दै एकाएक बाहिरिएका छन्। उनले आफ्नो फेसबुक बन्द गरेका छन् । भूकम्पपीडितका लागी समेत मल्हम पट्टी लगाउन सहयोगी भूमिका खेलेका हेमराज गलत उमेर्द्वारलाई टिकट दिनु जुनसुकै पार्टी भएपनि गल्ती हुने दावी गर्छन् ।

हेमराज कार्की

प्रिय राजन कुमार कार्कीज्यू
हार्दिक अभिवादन ।
तपाईँ ज्योती मा.वि.को प्रधानाध्यापक पदबाट राजिनामा दिई आसन्न स्थानीय निकायको चुनावमा हलेसी तुवाचुङ नगरपालिका वडा नं. ११, राजापानी खाम्तेलको वडाध्यक्ष पदको उमेदवार हुनुभएको जानकारी पाउँदा मनमा केही प्रश्न तथा जिज्ञासाहरु उब्जिएकाले तपाईँलाई यो पत्र लेख्दैछु । अन्यथा भएमा क्षमा चाहन्छु ।
केही समयदेखि मेरो बसोबास काठमाडौँ रहे पनि मेरो मूल थातथलो र मेरो सालनाल गाडेको स्थान खाम्तेल आमा नै हो र सो स्थान मेरो लागि जन्म दिने जस्तै होे । मेरो मतदाता नामावली पनि खाम्तेलमा नै रहेको, कुनै पार्टीमा आबद्ध नभई स्वतन्त्र रहेको, एक सामाजिक अभियन्ता, भ्रष्टाचार, विकृति र विसंगतिविरोधी व्यक्तिका रुपमा यी मेरा अभिव्यक्ति आएका हुन् । यी कुराको स्पष्ट जवाफ नदिइकन तपाईँलाई मैले कसरी भोट दिन सक्छु ।
(क) तपाईंले ज्योती मा।वि।को २५ वर्षभन्दा बढी सहायक प्र.अ. र प्र.अ. को जिम्मेवारी लिनुभयो । तपाईँले शैक्षिक नेतृत्वको जिम्मेवारी लिएपछि शिक्षाको स्तर यति तल झ¥यो कि एस।एल।सी। पास गर्ने मान्छे औँलामा गन्न सकिने मात्र रहे । तपाईँले ती कलिला बाबु नानीहरुको प्रतिभा त्यत्तिकै कुँज्याउनु भई शिक्षणका क्षेत्रमा असफल हुनुभएको हो कि होइन ।
(ख) तपांई त्यस विद्यालयमा अग्रेजी शिक्षकको रुपमा सरुवा भई आउँदा तपांईप्रति जनमानसमा के कस्ता अपेक्षा र भरोसा थिए होलान् तर ती जनभावना र भरोसाको कदर गरेर शैक्षिक गुणस्तर उकास्न योगदान गर्नुको सट्टा व्यक्तिगत स्वार्थ र पद लोलुपतातर्फ अग्रसर भई शैक्षीक गुणस्तर खस्केको कुराप्रति तपांईले कहिल्यै आत्म समीक्षा गर्नु भयो ? आफू प्र.अ. हुनका लागि खाम्तेलवासीको भविष्य निर्माणमा आफ्नो सम्पूर्ण जीवन विताउनुभएका पूर्व प्रधानाध्यापक श्री महेश्वर घिमिरेलाई रुवाउँदै अपमानपूर्वक हटाई आफू प्रअ भएर तुच्छ र पदलोलुप प्रमाणित गर्नुभएको हो कि होइन ।
(ग) आफु प्रधानाध्यापक भई सञ्चालन गरेको विद्यालयको शैक्षिक स्तरमाथि विश्वास नभए पछि आफ्ना छोरोछोरीलाई अध्ययनार्थ बाहिर पठाउनुभएको हो कि होइन ।
(घ) अंग्रेजी शिक्षामा राम्रो स्तर कायम गरिरहेको अवस्थामा शिक्षक कृष्ण आचार्यलाई आफ्नो परिवारका सदस्यको जागीर खाइदिन आएको भनी पटक पटक मानसिक यातना दिई उक्त विद्यालय छोड्न वाध्य पार्नुभएको हो कि होइन । यसले खाम्तेले विद्यार्थीको शैक्षिक भविष्य कस्तो हुनगयो ? तपाईले साढे दुई दशकभन्दा बढी समय त्यस विद्यालयमा काम गर्दा जनताले अनुभुत गर्ने गरी के योगदान गर्नुभयो ?
(ङ) राजापानी मा।वि।लाई उच्च मा।वि। बनाउन शिक्षक खोज्ने क्रममा खाम्तेलका प्रतिभाहरुलाई आमन्त्रण गर्ने कुरा चलाउँदा गाउको अग्रणी व्यक्तिको रुपमा सकारात्मक भुमिका खेल्नुको साटो मभन्दा अरु अघि बढेको हेर्न सक्तिनँ भन्दै तपाईँले नीचता मार्फत शैक्षिक विस्तार अवरुद्ध पार्नुभएको हो कि होइन ।
(च) समग्र गाउलेलाई राम्रै स्वास्थ्य सेवाप्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई पटक पटक अपमानजनक व्यवहार गरी काम गर्न नसक्ने वातावरण सृजना गरी गाउँ छोड्न वाध्य पारेको हो कि होइन ?
तपाईँ जस्तो बौद्घिक मान्छेले शैक्षिक संस्थामा बसेर समाजलाई शैक्षिक रुपान्तरणमा असफल व्यक्तिलाई समाजको सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक विकास गरी समाज रुपान्तरण गर्न सम्पूर्ण वर्ग र समुदायलाई समेट्न सफल हुनुहुन्छ भनी समग्र खाम्तेलवासीहरुले कसरी विश्वास गर्न सक्छन् । तपाईसँग आजका युवाको आवश्यकता पुरा गरी समाज रुपान्तरणमा युवाहरुलाई समाहित गर्न कुनै तथा के रहेका छन् ।
यस परिस्थितिमा खाम्तेले सोझा सादाहरुको जीवनस्तरलाई समेत रसातलमा पुरयाउनका लागि उमेदवार बन्नु भएको हो भन्ने मेरो ठहर छ ।
तपाईँ पदलोलुप नभएको भए निश्वार्थ समाजसेवीका रुपमा शिक्षण पेसा छोडेको दुई महिना पनि नबिती कुन नैतिक बलमा उमेदवार हुनुभयो ? पदभन्दा बाहिर रहेर पनि सेवा गर्न सकिन्छ भनी दुईचार वर्ष स्वतन्त्र समाजसेवा गरेर तपाईँले उत्कृष्ट राजनैतिक संस्कारको उदाहरण दिन सक्नुहुन्नथ्योर ज्यू ?
यहाँको शुभेच्छुक
हेमराज कार्की
हलेसी तुवाचुङ्ग न.पा.११
मिति २०७४।२।२८