आर्थिक

ग्लोबलको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मिति २०७४ असार ५ गतेदेखि आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ ।

पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो । यस संगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ ।

उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने शाखा बैंकको रहेको छ ।

मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा ATM, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दा बढि ग्राहक रहेका छन् ।