खेलकुद

चिलीको विजय सुरुवात

एजेन्सी । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबलमा चिलीले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा क्यामरुनलाई २–० ले हराएर चिलीले विजयी सुरुवात गरेको हो । समूह ‘बी’ मा रहेको चिलीलाई जिताउन अटुरो भिडाल र एडुआर्डो भार्गासले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा चिलीले दुवै गोल अन्तिमको १० मिनेटमा गरेको हो । ८१ औं मिनेटमा भिडाल र इन्जुरी समयको पहिलो मिनेटमा भार्गासले गोल गर्दै चिलीलाई जित दिलाएका हुन् । जितपछि तीन अंकसहित चिली समूहको शीर्ष स्थानमा छ ।