अन्तर्राष्ट्रिय

पोर्चुगलको जंगलमा लागेको आगलागीमा परी ६२ जनाको मृत्यु

एजेन्सी । पोर्चुगलको वनमा भएको भीषण आगलागीमा कम्तीमा ६२ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । मृतकमध्ये अधिकांशको पेद्रोगाओ ग्रयाण्ड क्षेत्रबाट सुरक्षित स्थलतर्फ भाग्ने क्रममा कारभित्रै जलेर ज्यान गएको जनाइएको छ।

मृतकमध्ये चार जना बालबालिका छन् । वन डढेलो तीव्र गतिमा फैलिरहेको छ र त्यसलाई नियन्त्रणमा लिन सयौं अग्निनियन्त्रक खटिएका छन्। प्रधानमन्त्री एन्टोनियो कोस्टाले वन डढेलोको सन्दर्भमा पछिल्लो घटना सबैभन्दा ठूलो वियोग भएको बताएका छन्।

बीबीसीका अनुसार धेरै मानिस सम्पर्कविहीन रहेकाले मृतकहरुको संख्या बढ्न सक्ने भन्दै प्रधानमन्त्रीले सचेत गराएका छन्।