राजनीति

बहिष्कार गर्नेहरुले नै दिए उम्मेद्वारी

नेपालगन्ज । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ । फरक-फरक परिस्थितीले उनीहरुलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाईएको छ ।

सोमबारको नागरिकमा लेखिएको छ, निर्वाचन बहिष्कारको निति अंगालेका पार्टीका कार्यकर्तादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कपिलवस्तु नगरपालिकामा राजपा नेता रामदास गूप्ताले स्वतन्त्र उम्मेदवारी दिए ।  उनी दुईपटकका पुर्वमेयर हुन् । पार्टीले चुनावमा भाग नलिने नीति बनाए पनि चुनावमा जानुपर्छ भन्ने जनाको भावना कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ ।