राजनीति

बिराटनगरमा काँग्रेसका सिनियर नेताहरु डा.कोईराला, आचार्य र डा.रिजाल मत माग्न घरघरमा, सबै पार्टी तालमेल गरेपनि पराजुलीले जित्ने

काठमाण्डौ । बिराटनगरमा दोस्रो चरणका लागी सम्पन्न हुन लागेको एउटामात्र माहानगरको निर्बाचनमा सबैका लागी थप चासोको बिषय भएको छ । नेपाली काँग्रेसका तर्फबाट सर्बसम्मत रुपमा भीम पराजुलीलाई उमेर्द्वार मात्र बनाईएको छैन, पराजुलीलाई जिताउन नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला, महेश आचार्य तथा डा.मिनेन्द्र रिजाल, गुररुराज घिमिरे लगायतका सिनियर नेताहरु खटेपछि नेकपा एमालेबाट उमेर्द्वार बनेका बिनोद ढकालको सात्तो गएको छ ।

सिनियर नेताहरुले बिराटनगरमा घरदैलो कार्यक्रममा आफैं हिडेर वडा-वडामा काँग्रेसका मेयर उमेर्द्वार परालुली र उपमेयर उमेर्द्वार कार्कीलाई हिडेका छन्, काँग्रेसका मेयर र उपमेयरमा निर्बाचन लड्न प्रत्यासीको रुपमा रहेका बिराटनगरका लोकप्रीय नेता अमृत अर्याल, केन्दीय सदस्य डीला पन्त संग्रौला, विश्वनाथ रिजाललाई समेत बिराटनगरका १९ वटै वडामा मत माग्न घरदैलो कार्यक्रममा ब्यस्त छन् ।  ।

नेपालमा प्रजातन्त्रको ईतिहासदेखि नै काँग्रेसको गढको रुपमा देखिएको बिराटनगरमा ०५४ सालमा काँग्रेसभित्रको गुटबन्दीका कारण नेकपा एमालेले जित हात पारेको थियो, पुनः हार ब्यहोर्नु नपरोस भन्ने आशयबाट महेन्द्र मोरङ क्याम्पसमा दुईपटक स्ववियू सभापतिमा विजयी हाँशिल गरेका नेबिसंघको राजनीति स्थापीत युवा नेता भीम पराजुलीलाई मेयरको टिकट दिएको नेपाली काँग्रेस उच्च स्रोतको दावी छ ।

०७० सालको दोस्रो संबिधानसभा निर्बाचनमा काठ्माण्डौमा भएका १० वटा क्षेत्रमध्ये ८ वटा क्षेत्रमा विजयी हाँशिल गरेको काँग्रेसले पहिलो चरणको निर्बाचनमा मेयरमा हार ब्यहोर्नुपरेपछि बिराटनगरलाई कुनैपनि हालतमा विजयी गराएर आफ्नो प्रतिष्ठा जोगाउने प्रयत्नमा रहेको देखिन्छ ।
अन्तिम समयमा मोरङ क्षेत्र नम्बर ५ का सांसद अमृत अर्याललाई टिकट दिईसकेपनि उक्त टिकट परिवर्तन गरी भीम पराजुलीको हातमा परेको थियो ।

एकदमै कम जनाधार भएको माओबादीले त्यही हतास मानसिकताबाट संघीय समाजबादीसंग तालमेल गरेको छ भने एमालेले बिराटनगरमा पकड भएका बिजय गच्छेदारसंग तालमेलको रणनीति बनाएको छ । १७ वटा स्थानीय तह भएको मोरङको बिराटनगर संसारभर रहेका नेपालीहरुका लागी काठमाण्डौपछि चर्चाको बिषय बन्ने गरेको छ ।
प्रदेश नम्बर १ का लागी  अघोषीत राजधानीका रुपमा परिचित बिराटनगरमा यो पटक अन्य सबै पार्टीहरु मिलेपनि २० बर्षपछि सम्पन्न हुन लागेको दोस्रो चरणको गुटबन्दीरहितको निर्बाचनमा अन्य सबै दलहरु मिलेपनि हराउन नसक्ने आँकलन स्थानीय काँग्रेस कार्यकताहरुको विश्वास छ ।
बिराटनगरमा मारबाडी र मधेश समुदायका नागरिकले कम्न्युष्टलाई बिश्वास नगर्ने र जातीयता नभएका कारण काँग्रेसका उमेर्द्वारलाई जिताउने आँकलन जिल्ला सभापति डीक बहादुर लिम्बू बताउछन् । बिराटनगरलाई नेपालको दोस्रो शहरको रुपमा ब्याख्या गर्ने गरिन्छ ।
दुई नम्बर प्रदेशमा भने अशोज २ गतेका लागी निर्बाचन सरेको छ ।