राजनीति

नेविसंघका अध्यक्ष महरले बेवास्ता गरेपछि महामन्त्री काफ्लेले दिए कडा चेतावनी

काठमाण्डौ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले आफ्नै संगठनको नेतृत्वले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । संगठनका अध्यक्ष नैनसिंह महरले गरेको निर्णय विधि र विधान विपरित भएको भन्दै काफ्लेले गम्भीर आपत्ति जनाएका हुन् ।
महामन्त्री काफ्लेले स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आफु लगायतका साथीहरु देश दौडाहामा रहेकै बेला अध्यक्ष महरले विधि र विधान विपरित काम गरेको आरोप लगाएका छन् ।

उनले अध्यक्ष महरले आफ्नो एकल निर्णयको भरमा संघको पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्न तल्लिन रहेको कुरा आफुले सामाजिक सञ्जालको भरमा थाहा पाउनु परेको भन्दै आक्रोस पोखेका छन् ।

आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले भनेका छन्,‘महामन्त्री काफ्लेले ती गम्भीर गल्तीहरु सच्याउन आग्रह गदै भनेका छन्, हिजो सँगै चुनाव लड्दै गर्दाका सहमतिहरु छन्, अधिवेशनमा देशैभरका प्रतिनिधिहरुले स्पष्ट जनादेश दिएका छन्, तर सिंगो केन्द्रीय समितिको समेत सहमतिमा गरिनुपर्ने निर्णय निर्वाचित महान्त्रीलाई जानकारी समेत नदिई बन्दकोठाबाट गरिएको प्रति भत्र्सना गर्दछु, र तत्काल त्रुटि सच्याउन आग्रह गर्दछु ।’

यद्यपि, महामन्त्री काफ्लेले गरेको यो आग्रहको बारेमा अध्यक्ष नैनसिंह महरले भने कुनै प्रतिक्रिया दिएका छैनन् । महमन्त्री काफ्लेले सामाजिक सञ्जालमै यस्तो प्रतिक्रिया दिएपछि कतिपय नेविसंघका कार्यकर्ता, कांग्रेस कायर्कर्ता र सर्वसाधारणले उनको सकारात्मक र नकारात्मक आलोचना समेत गरिरहेका छन् ।
यस्तो छ महामन्त्री काफ्लेले लेखेको स्टाटस्ः