समाचार

भक्तपुरस्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी

भक्तपुर । भक्तपुरको यति कार्पेट इन्डष्ट्रिजमा भीषण आगलागी भएको छ । भक्तपुर नगरपालिका २ स्थित सो इन्डष्ट्रिजमा शनिबार राती ११ः३० बाट लागेको आगो आइतबार बिहान ७ बजे नियन्त्रणमा आएको हो । आगलागी भएलगत्तै भक्तपुर वारुणयन्त्र लगायतका अन्य वारुणयन्त्रहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले आगो नियन्त्रणमा लिन खोजे पनि उनीहरुको त्यो प्रयास असफल भएको थियो ।

रातभर लागेको आगो बिहान मात्र नियन्त्रणमा आएको प्रहरीले बताएको छ । आगलागीबाट करोडौंको क्षति भएको जनाइएको छ । केडिया समुहले सञ्चालन गरेको सो कारखानामा के कति कारणले आगलागी भयो भन्ने कुरा बाहिर आइसकेको छैन ।