पु.समाचार

सेनाले राखेको प्रस्तावमाथि सरकारले किन दिएन स्वीकृत ?

काठमाण्डौ । काठमाडौंसँग तराई जोड्ने वैकल्पिक द्रूत मार्ग फास्ट ट्रयाक निर्माण कार्य अघि बढाउनका लागि नेपाली सेना कार्य क्षेत्रमा खटिइसकेको छ। फाष्ट ट्रयाक निर्माण र व्यवस्थापनको जिम्मा आफ्नो काँधमा आएपछि सेना फिल्डमा खटिएको नेपाली सेनाले जनाएको छ।

‘हामी फास्टट्रयाक निर्माणको सुरूआती चरणमा छौ,’ नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले भने,‘ सुरूवाती चरणको क्रममा रहेकाले ट्रायक खोलिसकेपछि सडकको वर्तमान अवस्था कस्तो छ भनी बुझ्न नेपाली सेना कार्यक्षेत्रमा खटिसकेको छ।’

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, निर्माणको जिम्मा पाएपछि सेनाले थप गृहकार्यसमेत गरेको छ। आयोजनाका सम्पूर्ण गतिविधिलाई व्यवस्थित गर्ने तवरमा सञ्चालन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट,विद्यमान सीमित जनशक्ति, ठेक्कापट्टा, ठेकेदारले ल्याउने आधुनिक मेसिनरी, औजार तथा सामान दक्ष जनशक्ति निर्धारण, घरजग्गा परेकालाई मुआब्जा, क्षतिपूर्ति दिने विषयमा सेनाले गृहकार्य थालेको छ।

शिलान्याश पछि सेनाले फास्टट्याक बनाउने कार्यविधि समेत तयार गरेर मन्त्रिपरिषदमा पठाएको भए पनि अहिलेसम्म मन्त्रिपरिषदले स्वीकृति दिएको छैन। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा पुगेर फास्ट ट्याकको शिलान्याश गरेका थिए। द्रूत मार्ग निर्माणको लागि पहिलो पटक २०६६ साल कात्तिक २३ गते पहिलोपटक शिलान्याश भएको थियो।