अन्तर्राष्ट्रिय

आइएसका कमाण्डर मारिएको आशंका

एजेन्सी । रुसी सेनाले गत महिना सिरियामा गरिएको हवाइ कारवाहीमा इश्लामिक स्टेटका बरिष्ठ नेताहरु सहित थुप्रै लडाकुहरु मारिएको बताएको छ। उत्तरी सिरिया स्थित रक्का शहरमा भएको बृहत भेलालाई लक्ष गरेर हवाइ कारवाही गरिएको थियो।

रुसी रक्षा मन्त्रालयको विज्ञप्तीमा जनाइए अनुसार तीन सय भन्दा बढि लडाकुहरु मारिएका थिए।

मारिएका मध्ये अबु बकर अल बगदादी पनि परेको भन्ने तथ्य परिक्षण भइरहेको रुसी सेनाले बताएको छ।