विशेष

एसर्ईई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डौ । यो वर्षको एसईईको परीक्षाको नतिजा सार्वजिनक भएको छ । परीक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ जना परीक्षार्थीहरुमध्ये नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् ।

एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन् ।  नतिजा वेभसाइट, एसएमएस र नेपाल टेलिकमको आइभिआर सेवाबाट सकिने व्यवस्था पनिकाले मिलाएको जनाएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा

नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो  सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms  पठाउने  । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms  पठाउने ।  यस्तै उज्यालोको sms सेवा see टाइप गरेर  सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np,  आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, www.suryakhabar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।