राजनीति

पूर्व स्वास्थ्यमन्त्री थापा सरकारमा रहँदाको ९ महिने अनुभव, सुनाए यस्ता अनौठा घटना ! (भिडियो)

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफुले सरकारमा गएर जनतासँगको अग्नि परीक्षा पास गरेको दाबी गरेका छन् । कान्तिपुर टेलिभिजनको टग टल्क कार्यक्रममा बोल्दै पूर्वमन्त्री थापाले सो दाबी गरेका छन् । उनले आफुले स्वास्थ्य मन्त्रालय सम्हाल्दा कोमा रहेको स्वास्थ्य क्षेत्रलाई जनरल वार्डमा सार्न सफल भएको भन्दै ९ महिनाको अवधिमा धेरै काम गर्न नसकेपनि जनताको पक्षमा महत्वपूर्ण केही कामहरु गर्न सफल भएको उनले दाबी गरे ।

स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि आफुले देखेको चूनौती त्यहाँ पुगेर काम गर्दा निकै सहज महसुस भएको बताउँदै उनले कर्मचारी तहबाट समेत आफुलाई राम्रो सहयोग भएको बताएका छन् । उनले नेपाली सरकारी संयन्त्रभित्र पुराना कर्मचारीभन्दा नयाँ कर्मचारीहरुमा केही गरौं भन्ने भावना रहेको पाइएको र उनीहरुको उत्साह र जोसलाई सदूपयोग गर्न सके मुलुकले निकै तिव्र गतिमा विकासको फड्को मार्न सक्ने उनले दाबी गरे । पुराना तहका कर्मचारीहरुमा भने जोस र जाँगर मर्दै गएको महसुस भएको उनले बताएका छन् ।

कतिपय रुपमा व्यक्तिगत रुपमा असहयोग समेत भएको र त्यसलाई आफुले व्यक्तिगत असहयोगको रुपमा नलिई संरचनागत समस्याको रुपमा लिएको उनले स्पष्ट पारेका छन् । हाम्रो सरकारी संयन्त्रभित्र काम गरे पुरस्कार पाउने र काम नगरे दण्ड पाउने भन्ने नियम नबनेकै कारण त्यो समस्या देखिएको पूर्वमन्त्री थापाले आफ्नो अनुभव सुनाउँदै बताए । आफ्नो कार्यकालभित्र करिब १० ओटा महत्वपूर्ण कामहरु गरेको स्मरण गर्दै थापाले ती कामहरुले स्वास्थ्य क्षेत्रमा निकै महत्व राख्ने स्पट पारे । उनले आफ्नो नेतृत्वमा स्वास्थ्य क्षेत्रका पूर्वाधारहरुलाई जोड्ने एउटा महत्वपूर्ण प्रोजेक्टको सुरुवात गरेको स्पष्ट पारे ।

यसको प्रतिवेदन तयार गर्न नै आफुहरुलाई लागातार ५ महिना काम गर्नुपरेको उनले बताएका छन् । यो प्रोजेक्टको लागत मात्रै १ खर्ब ४० अर्ब लाग्ने उनले स्पष्ट पारे । यो प्रोजेक्टले मुलुकभरका हेल्थपोष्टदेखि वीरअस्पतालसम्म कुन–कुन सेवा दिने र त्यसलाई कस्तो र कति जनशक्ति, कुन–कुन उपकरण चाहिन्छ भन्ने कुराको समेत निक्र्योल गरिएको युवा नेता थापाले स्पष्ट पारेका छन् । यद्यपि, यो कुनै नीति नभई प्रोजेक्ट मात्र भएको थापाले स्पष्ट पारेका छन् ।

पूर्वमन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र अर्को ठूलो समस्या देखेको बताए । कुनै चिकित्सकलाई कर्णाली क्षेत्रमा सेवा गर्न आदेश दियो भने बरु राजीनामा दिन तयार हुने तर त्यहाँ जान नमान्ने समस्या रहेको स्पट पारे । उनले एउटा अनौठो घटना समेत सुनाए । उनले घटनाको स्मरण गर्दै भने, ‘स्वास्थ्य मन्त्रालयले दूर्गम भेगको स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाउने भनेर एकदिन १ सय ९० जना चिकित्सकहरुलाई करारमा नियुक्ति गर्ने भन्दै भर्ना आह्वान गर्यो । त्यसमा जम्मा २० जना चिकिच्सकहरुको आवेदन पर्यो ।

ती २० जनालाई जुम्ला र हुम्ला जान तयार हुनुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले आग्रह गरेपछि उनीहरुले तत्काल राजीनामा पो बुझाएर फर्किए । उनीहरुले दुर्गम भेगमा जाननै मानेन् ।’ पूर्वमन्त्री थापाले गम्भीर हुँदै भने । यसबाट नेपालको स्वास्थ्य क्षेत्रको विकास कसरी पछि परेको रहेछ भन्ने कुरा स्पष्ट भएको समेत उनले स्पष्ट पारे ।

उनले अर्को एउटा महत्वपूर्ण कामको सुरुवात गरेको बताए । मुलुकका सबै ठूला अस्पतालमा अब पोष्ट ग्राजुयट तहको अध्ययनको काम सुरु गर्ने तयारी भएको छ । त्यसको खर्च सबै सरकारले ब्यहोर्ने पनि उनले स्पष्ट पारे तर पढ्न सुरु गर्ने विद्यार्थीलाई ग्रामीण क्षेत्रमा गएर काम गर्नै पर्ने नियम समेत बनाइएको उनले बताए । त्यसका लागि विद्यार्थीले सुरुमै सहमति जनाउनुपर्ने समेत उनले बताए । उसले त्यो काम गर्न तयार भएमात्र सम्बन्धित अस्पतालमा अध्ययन गर्न पाउने उनले बताए ।

पू्र्वमन्त्री थापाले आफ्नो नेतृत्वमा अर्को महत्वपूर्ण काम गरेका बताए । नेपाल भित्रिदै गर्दाको औषधीको मूल्य र फार्मेसी सञ्चालन गर्नेहरुले लिने मूल्य धेरै अन्तर पर्ने भएकोले त्यसको व्यवस्थापनका लागि कदम चालिएको उनले स्पट पारे । अब सरकारी अस्पतालका कम्पाउन्डहरुभित्र जथाभावी रुपमा औषधी फार्मेसी खोल्न नपाउने कडा नियम समेत बनिसकेको उनले बताए ।

जथाभावी औषधी फार्मेसीहरु खोल्दा सर्वसाधारणमाथि ठूलो अन्याय भएको समेत उनले बताए । थापाले अब भीभीआइपीहरुले विदेशमा गएर उपचार गर्ने नकारात्मक संस्कृतिलाई रोक्ने प्रयास समेत आफुले गरेको बताए । उनले अब भीभीआईपीहरुका लागि यसअघि राजारानीले उपचार गर्न तयार पारिएको वीरअस्पतालको भीभीआइपी उपचार कक्षलाई व्यवस्थित बनाइएको र विदेशमा हुने उपचार अब नेपालमै हुने समेत स्पष्ट पारे ।

पूर्व स्वास्थ्यमन्त्री थापाले आफ्नो कार्यकालमा अरु के–के महत्वपूर्ण काम गरे होलान् ? हेर्नुहोस् भिडियोः