राजनीति

निर्बाचन सार्ने कदमको बरिष्ठ नेता पौडेलको असन्तुष्टी, डा.कोईराला भन्छन् असोज २ मा हुन्छ भन्ने के ग्यारेन्टी छ ?

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि सोही पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको निर्बाचनबाट दुई नम्बर प्रदेशको निर्बाचन असोज २ गते सार्ने निर्णयमा असहमती जनाएका छन् । निर्बाचन आयोग र गृहमन्त्रालयले समेत निर्बाचन तोकिएको मितिमा गर्न सकिने बताईरहेका बेला सरकारले निर्बाचन सानु गलत भएको बिचार ब्यक्त गरेका छन् ।
दुई नम्बर प्रदेशका जनता निर्बाचनमा भाग लिन आतुर रहेका बेला निर्बाचन सार्नु जनतामा सरकारसंगको विश्वास गुन्म सक्ने पौडेलको आँकलन छ । यसका साथसाथै नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले समेत निर्बाचन सार्ने सरकारको कदमको बिरोध गरेका छन् । गलत कुराको तुरुन्त प्रतिकृया दिएर पछिल्लो राजनीतिक परिवेशमा जनतासंग लोकप्रीय भएका डा.कोईरालाले निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारणा राखेका छन् । उनले भने, असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी छ ? भनेर निर्बाचन सार्ने पक्षलाई प्रश्न गरेका छन् ।

नेपाली काँग्रेसका पौडेल र कोईराला मात्र नभएर धेरै नेताहरुले निर्बाचन सार्ने सरकारको कदमको आलोचना गरेका छन् भने काँग्रेस सभापति समेत रहेका प्रधानमनत्री दाहालले निर्बाचन सार्नु आफ्नो बाध्यता भएको कार्यकर्ताहरुलाई उत्तर दिए देउवानिकट स्रोतको दावी छ ।