समाचार

आज एसइईको परीक्षाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस वर्षको यस एसइई परीक्षाको नतिजा आज प्रकाशित गर्दैछ । यसअघि प्रवेशिका परीक्षा अर्थात एसएलसी परीक्षाको रुपमा लिइने यो परीक्षाको परिणाम प्राय असारको पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने चलन छ । त्यसर्थ, यो वर्ष पनि परीक्षा नियन्त्रण कार्यालयले आज परीक्षाफल प्रकाशित गर्दैछ ।  परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा website, sms र IVR बाट पनि प्रकाशित गर्ने भएको छ  ।

यसरी हेर्न सकिन्छ नतिजा

नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो  सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms  पठाउने  । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms  पठाउने ।  यस्तै उज्यालोको sms सेवा see टाइप गरेर  सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np,  आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, www.suryakhabar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।