पु.समाचार

चुनाव सार्ने विषयमा राजपाभित्रै दुई धार देखिएपछि….!

काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश नम्बर १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नं। २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको हो ।

शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडौंबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको छ ।

‘अध्यक्षमण्डलको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्छौं।’ राजपा नेता अनिल झाले भने ।