समाचार

संयोगबस : प्रधानमन्त्री देउवा र अमेरिकी राष्ट्रपति ट्रम्पको जन्मदिन र साल मिलेपछि………

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मदिन बिहीबार अर्थात अजाभन्दा ठीक ७१ बर्ष अगाडी परेको छ । प्रधानमन्त्री देउवाको राजयोगका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दोस्रो र तेस्रो चरणको निर्बाचनमा पत्तासाफ हुने ज्योतिषहरुले बताईरहेका बेला संसारको शक्तीशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसंग एकैदिन जन्मेको समाचारले देउवाले कतै मुलुकको पुरा शक्ती हातमा लिने दिन त आउदैन भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

जन्मदिन त धेरैको मिल्न सक्ला तर साल र गरे मिल्नु अनि ट्रम्प अमेरिकाको राष्ट्र प्रमुख र देउवा नेपालको राष्ट्रप्रमुख एकैदिन र साल जन्मिनु भने राजनीतिक रुपमा अर्थपूर्ण हुने अनुमान लगाउन सकिन्छ । धर्मकर्ममा ज्यादा आशा र भरोसा गर्ने प्रधानमन्त्री देउवाका लागी भने अमेरिकी राष्ट्रपतिसंग जन्मदिन मिल्नुले सत्ता र शक्तीमा बल मिलि अन्तर्राष्ट्रिय शक्तीमा थप बल पुग्ने धार्मिक विश्वास राख्न सकिन्छ ।

सभापति देउवालाई बिगतमा प्रधानमन्त्री हुंदासमेत पनि अमेरिका र युरोपीयन यूनियनले नजिकबाट विश्वासमा लिएको समाचार आएपनि पछिाल्लो समयमा जन्मदिन मिलेपछि थप मजबुत हुने देखिन्छ । अमेरिका जस्तो शक्तीसम्पन्न मुलुक आफ्नो नीति अनुसार चल्ने हुंदा जन्मदिन वा अरु कुनै नाताबाद कृपाबादले कुनै फरक नपर्ने विश्लेशकहरुले बताएका छन् ।

देउवा र ट्रम्प दुबै जुन १५ मा एकै दिन जन्मिएकाले ७१ बर्ष पुगेको प्रधानमनत्रीको पारिवारिक स्रोतले बतायो । दुबैलाई जन्मदिनको शुभकामना छ । नेपाल र अमेरिकाबीचको मित्रता बढ्न दुबैको मिलेको जन्मदिनले महत्वपूर्ण भूमिका खेलोस ।