राजनीति

सरकारले निर्बाचन सार्न राखेको प्रस्ताव आयोगद्वारा ठाडै अश्विकार

काठमाण्डौ । निर्बाचन आयोगले असार १४ को निबाचन सार्न सरकारले गरेको प्रस्ताव ठाडै अश्विकार गरेको छ । सरकारले बिहीबार राजपाका नेताहरुलाई निर्बाचनमा भाग लिने कुरामा लचकता अपनाउन छलफलका लागी बोलाएको छलफलमा निर्बाचन प्रमुख आयुक्त अयोधी प्रसाद यादबले निर्बाचन सार्ने कुरा नगर्न आग्रह गरेको बताईएको छ ।

निर्बाचन सार्ने कुरा गर्नु राम्रो नभएको तर्क गर्दै निर्बाचन आयोगले निर्बाचनका लागी आयोगले सम्पूर्ण तयारी गरेको बताएको छलफलमा सहभागी भएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
गृहमन्त्रालयले समेत निर्बाचनका लागी कुनै प्रकारको थ्रेट नभएकोले दोस्रो चरणको निर्बाचन नसारेर मुलुकलाईराजनीतिक दुर्घटनाबाट बचाउन भनेको बताइएको छ ।

यसविषयमा आधिकारीक धारणा दिन निर्बाचन आयोगले बिहीबार ४ बजे पत्रकार सम्मेलन राखेको छ ।