पु.समाचार

कांग्रेसले विराटनगर महानगरमा मेयरको टिकट दिएलगत्तै पराजुलीले दिए यस्तो प्रतिक्रिया, यस्तो रहेछ नयाँ योजना !

काठमाण्डौ । नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरको उम्मेद्वारीमा उठेका नेता भीम पराजुलीले विराटनगरको विकासका लागि नयाँ संकल्प गरेका छन् । पार्टीले मेयरको उम्मेद्वारमा टिकट दिएलगत्तै उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

बुधबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटट् लेख्दै नेता पराजुलीले शान्त, सुन्दर, स्वच्छ, हराभरा, विकसित र रोजगारयुक्त बिराटनगर बनाउने दृढ संकल्प गरेका छन् ।

उद्यममुखी समाज, सेवामुखी प्रशासन, विकासमुखी राजनीति, सुशासन र भ्रष्टचारमुक्त समाज आजको आवश्यकता रहेको बताउँदै नेता पराजुलीले हाम्रो विराटनगर, राम्रो विराटनगर र हामी सबैको बिराटनगर भन्ने नारालाई गम्भीरपूर्वक उठाएका छन् ।

नेता पराजुली विराटनगरका लोकप्रिय कांग्रेस नेता हुन् । लामो समय नेपाली कांग्रेसको राजनीतिक यात्रामा लामबद्ध भएका पराजुली सो पार्टीको विराटनगर महानगरपालिकाको नगर सभापति समेत हुन् ।