समाचार

राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृत कब्जामा!

सप्तरी । राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले राजविराजमा मतदान अधिकृतलाई घेराबनदी गरेका छन् ।
महेन्द्र बिन्देश्वरी क्याम्पसमा राखिएको मतदानअधिकृतहरुको तालीम भएको स्थानलाई कब्जामा लिएर उनीहरुले धर्ना गरेको समाचार प्राप्त भएके छ ।
तालिम स्थाल घेराउ गर्नुका साथै मतदान अधिकृतहरुलाई जबर्जस्ती धर्नामा राखिएको समाचार प्राप्त भएके छ ।
निर्बाचन सार्ने वा नसाने अन्यौल भईरहेका बेला राजपाका कार्यकर्ताहरुले निर्बाचन आयोगले दिन लागेको तालिमलाई अबरोध गर्नुले उक्त स्थानमा सुरक्षाकर्मीले बिशेष निगरानी राख्ने सम्भाबना बढेर गएको आँकलन गर्न सकिन्छ । उक्त क्षेत्रमा गोली चलेपनि ठूलो कुरा मान्न नसकिने देखिन्छ । सेना परिचालनको समेत स्वीकृति पाएको सरकारले निर्बाचनलाई अबरोध भएमा गोली चलाउन सक्ने अधिकार समेत सुरक्षीत छ ।