आर्थिक

आईएमईको १७औँ स्थापना दिवश

काठमाडौं ।नेपालको नम्बर १ रेमिटेन्स कम्पनीआईएमईलेआफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको”भन्ने मूलनाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनायाे ।

वार्षिकोत्सव समारोहमा आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपाल उधोग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६औँ अधिवेशनमा भागलिन जेनेभा प्रस्थान गर्नुभएकाले भिडियो मार्फत पठाउनुभएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख खगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको कम्पनीको दावी छ ।