समाचार

निर्बाचनमा मधेशी जनताको समर्थन भएको प्रमुख आयुक्तको तर्क

काठमाण्डौ । प्रमुख निर्बाचन आयुक्त अयोधी प्रसाद यादबले मधेशी जनताले निर्बाचनमा भाग लिन चाहेको बताएका छन् । तराईको भ्रमण गरिसकेका प्रमुख आयुक्त यादबले राजपालाई लक्षित गर्दै निर्बाचनमा आएर जनताको मत जित्न आग्रह गरेका छन् ।

निर्बाचनका लागी मधेशका जनताले आयोगलाई भरपूर सहयोग गरेको दावी गर्दै स्थानीय तहको संख्या बढाउने माग असम्भब भएको अवस्थामा उही माग दोहोर्याएर निर्बाचनमा जान्न भन्नु गलत भएको दावी गरेका छन् ।

उनले निर्बाचनको अन्त्मि तयारी पुरा भईसकेको जानकारी दिदै निर्बाचन आचारसंहिता उलंघनका घटना रोक्न सहसचिवको नेतृत्वमा टोली खटाईने जानकारी समेत दिएक छन् ।

निर्बाचन आयुक्त यादबलाई केहिदिन अगाडी तराईम कालो झण्डा देखाउदा आयोगले विज्ञप्ती नै निकाले् प्रतिकृया दिएको थियो ।