राजनीति

काँग्रेसले कञ्चनपुरमा निर्बिबाद उम्मेदवारको टुङ्गो लगायो

भीमदत्तनगर । नेपाली कांग्रेस कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको आज टुङ्गो लगाएको छ । कांग्रेस जिल्ला कार्यसम्पादन समितिले कञ्चनपुरका नौ वटै स्थानीय तहको उम्मेदवारको टुङ्गो लगाएको हो ।

जसअनुसार भीमदत्त नगरपालिकाका प्रमुख पदमा पदम बोगटी र उपप्रमुखमा सुशीला चन्द, बेदकोट नगरपालिकाको प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसी भट्ट जोशी, महाकाली नगरपालिकाको प्रमुखमा वीरबहादुर सुनार र उपप्रमुखमा गङ्गादेवी जोशी, शुक्लाफाँटा नगरपालिकाका प्रमुखमा दिलबहादुर ऐेर, उपप्रमुखमा धर्मा ऐेर विष्ट तथा कृष्णपुर नगरपालिकाको प्रमुखमा हेमराज ओझा र उपप्रमुखमा भुवनेश्वरी विष्ट जोशी छन् ।

यसैगरी पुनर्वास नगरपालिकाको प्रमुखमा तोयाप्रसाद शर्मा र उपप्रमुखमा भुलिया राना, बेलौरी नगरपालिकाको प्रमुखमा हरेन्द्र सिंह विष्ट र उपप्रमुखमा खिना भण्डारी, बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर सिंह, लालझाँडी गाउँपालिकाको अध्यक्षमा धर्मसिंह बडायक र उपाध्यक्षमा राधा रानालाई पार्टीले उम्मेदवार बनाएको काँग्रेसले जनाएको छ ।